जुम्लामा लटरम्म स्याउ : किसानलाई टिपेर बेच्ने चटारो

भदौं ८ जुम्ला–
यतिबेला जुम्लाका किसानलाई स्याउन टिप्ने चटारो छ । बारीभरी लटरम्मै फलेका स्याउमा रस पसेपछि टिपेर बजार सम्म पुर्याउन उनीहरु सक्रिय छन् ।

तिला गाउपालिका १ का स्याउ किसान माने रावतका अनुसार बगैचाको स्याउ टिपेर बिक्री गर्न सुरु गरेको बताएका छन् । उनका अनुसार घरमै प्रतिकेजी ६० रुपैयामा विक्री सुरु भएकोछ भने गाउकै स्थानीय व्यापारीले सुर्खेत, नेपालगन्ज लैजान थालेका छन् ।
किसानले स्याउ खेती गर्न थालेका छन् । विरुवा रोपेको पांच वर्षमा स्याउ फल्न सुरु हुन्छ । पातिहाल्ल स्याउ तथा कृषि समुहका सचिव गोरीकला बस्नेतका अनुसार यो वर्ष दुई सय ८० किलो बिक्री भइसकेको बताए । जुम्लाको स्याउ सुर्खेत, नेपालगन्ज हुदै तराईका विभिन्न स्थानमा ढुवानी हुने गर्छ ।