सिटी एक्सप्रेस योजना अन्तर्गत जम्सेद नदापले पाए कार उपहार

भदौं ७, काठमाडौं  – सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल रं साउदी अरब स्थित टेलिमनी बैंक को संयुक्त आयोजनामा “नेपाल पैसा पठाउनुहोस र पुरस्कार जित्नुहोस” अफर उपहार योजना अन्तर्गत  गोपालपुर , महोत्तरी निवासी हाल साउदीमा कार्यरत ३५ वर्षिय जम्सेद नदापले कार उपहार पाएका छन् ।

भदौं ३ गते नेपाली राज दुतावासका मिसन उपप्रमुख दिलिप कुमार पौडेल, सिटी एक्सप्रेस मनी ट्रान्स्फरका प्रबन्ध निर्देशक चन्द्र टण्डन ,, Basem B. Madda  टेलिमनी केन्द्र प्रमुख , Abdulelah A. Bin Twalah  – सेल्स म्यानेजर , जीतेन्द्र थपलिया ( टेलिमनी रेमिटान्स म्यानेजर र अन्य टेलिमनी बैंकका प्रतिनिधीहरुका साथ बम्पर उपहार विजेता जम्सेद नदापलाई कार हस्तान्तरण गरिएको थियो ।

उपहार योजना अन्तर्गत साउदीको टेलिमनी बैंक मार्फत नेपालमा सिटी एक्सप्रेसमा रेमिटान्स रकम पठाउदा १५ जनाले सामसुङ मोबाईल फोन , तीन जनाले १० ग्राम सुन , तीन जनाले ५००० नगद साउदी रियाल , तीन जनाले आई फोन १३ प्रो माक्स र बम्परमा एक जनाले निसान सन्नी कार प्राप्त गर्ने घोषणा भएको थियो । ती सबै पुरस्कारहरु ६ महिना सम्म बिधुत्तिय लक्की ड्र मार्फत घोषणा गरिएको थियो र अन्तिममा बम्पर उपहारको घोषणा गरिएको हो ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।