प्रभु क्यापिटलद्धारा आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर

भदौ १, काठमाडौ– प्रभु क्यापिटलले आफ्न हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । ३१ साउन २०७९ का दिन प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सका बीचमा समझौता भए अनुसार प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डर गरी सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन ग्राहकले CHECK OUT   वा BILL Payment  गर्दा PROMO CODE मा “PRABHUCAP10” उल्लेख गर्नुपर्नेछ ।

यसै गरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को बिशेष अफर अन्र्तगत ROADHOUSE PIZZA, , बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिदा १० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राहीलेCHECK OUT या BILL Payment गर्दा प्रभु क्यापिटलको हितग्राही भएको उल्लेख गर्नुपर्नेछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई सेवा प्रदान गरिरहेको   छ ।