निर्वाचन आयोगमा ८४ दल दर्ता, आजैवाट जाँचबुझ सुरु हुने

भदौं १, काठमाडौं  – संघीय संसद र प्रदेश संसद निर्वाचनका लागि ८४ राजनीतिक दल दर्ता भएका छन ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ४ मंशिरका लागि तय गरिएको निर्वाचन प्रयोजनका लागि अन्तिम दिनसम्म ८२ दल दर्ता भएका हुन ।

आयोगमा दर्ता भए अनुसार सिके राउत नेतृत्वको जनमत पार्टी एक नम्बरमा दर्ता भएको छ भने रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी अन्तिममा दर्ता भएको छ ।

यसरी दर्ता भएका राजनीतिक दलका बारेमा निर्वाचन आयोगले आजैवाट जाँचबुझ सुरु गरिनेछ । राजनीतिक दलले पेश गरेका कागजपत्र सही छन कि छैनन रु भन्ने बारेमा आजवाट नै जाँच बुझ गरिने प्रवक्ता पौडेलले जानकारी दिए ।