प्रधानमन्त्री देउवाले प्रहरी समायोजन गर्ने भनेपछि मधेस प्रदेशले आन्दोलन रोक्यो

साउन ३१, जनकपुर–
चुनावपछि बन्ने गठबन्धन सरकारले प्रहरी समायोजन गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले आश्वासन दिएपछि मधेस सरकारले संघीय सरकारविरुद्धको आन्दोलन स्थगित गरेकोछ । मंगलबार जनकपुरमा प्रदेश सरकारले आन्दोलन रोकेको नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले बताए ।
महानिरीक्षक सिंहले मुख्यमन्त्री लालबाबु राउतसंग भेटेका थिए । प्रदेशस्तरीय अनुसन्धान समीक्षा गोष्ठीमा सहभागी हनु जनकपुर आएका महानिरीक्षक सिंह जनकपुर पगेका थिए । उक्त कार्यक्रमा मधेसका गृह तथा सचारमन्त्री भरत प्रसाद साह समेत सहभागी थिए । मधेश सरकारले प्रदेश प्रमुखको कार्यालय आगाडी तीन दिन देखि धर्ना दिदै आएको थियो ।