चलचित्र बाबरीको ट्रेलर सार्वजनिक

साउन ३१, काठमाडौं  – सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्म बाबरीको ट्रेलर सार्वजनिक भएको छ।

सार्वजनिक ट्रेलरमा अभिनेता धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकरको त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको छ।

फिल्ममा धिरज, अदिती र धिरजसँगै बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दिलिप गुरुङलगायत कलाकारको अभिनय छ।

निर्देशक पौडेलको कथा र सम्पादन रहेको फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन्। यो फिल्म दसैंको अवसर पारेर असोज १४ गतेदेखि प्रदर्शन हुनेछ।