‘पाइने रैछ माया’ लिएर आए थानी

साउन २६ काठमाडौंं  – गायक दिनेश थानीको स्वरमा रहेको ‘पाइने रैछ माया’ बोलको गीत सार्वजनिक भएको छ। उक्त गीत निर्देशक रोशन कुमारले निर्देशन गरेका छन्।

यस गीतका संगीतकार प्रमोद पन्त र संगीत संयोजक रिदम कँडेल हुन् भने मिक्सिङ्ग र माष्टरिंग महेश्वरमान राजभण्डारीले गरेका हुन् । दि लाइफ एक्सप्रेस मुभी मेकर्स प्रालिले निर्माण गरेको भिडियोमा सुनिता पराजुलीको प्रस्तुति रहेको छ। भिडियोलाई मुकेश हुमागाईंले छायांकन गरेका हुन् र सम्पादन एवं कलरिंग भने मीन रावलले गरेका हुन्।

प्रेम बश्यालले क्रीयटिभ हेडमा साथ दिएका छन भने चर्चित कलाकार यशराज गराच र साक्षी लम्सालको उत्कृष्ट अभिनय हेर्न सकिन्छ।