अबिरल बर्षाका कारण बस्ती डुबानमा

साउन २५, काठमाडौं–
अविरल बर्षाका कारण भक्तपुरको मनोहर खोला र काठमाडौका केहि नदि आसपास क्षेत्रमा डुबान पसेको छ । कतिपय घर क्षती भएका छन् भने नदी कटानले धेरै घर परिवार विस्तावीत भएका छन् । मंगलबार सांझ ठुलो वर्षा परेको थियो ।

महानगरीय प्रहरी कार्यालय भक्तपुरका अनुसार वर्षापछिको बाढीले नदी किनारामा रहेका सुकुम्बासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भई ६० घर टहरा डुबाएको छ । त्यस्तै, दुवाकोट बेसीका २० घर डुबानमा छ । मनोहरा खोला निलोपुल नजिक बंगुर फर्मबाट खोलाले ४ वटा बंगुर बगाएको महानगरले जनाएकोछ ।