थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

साउन २३, काठमाडौं  -पछिल्लो २४ घण्टामा देशभर थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने एक एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको हो ।

=