द भ्वाइस अफ नेपालमा नयाँ जजको रुपमा भित्रिए राजेश पायल र प्रविशा

साउन २२, काठमाडौं – गायन रियालिटी शो द भ्वाइस अफ नेपालु सिजन ४ को कोच परिवर्तन गरिएको छ। तीनवटै सिजनमा कोचको रूपमा देखिँदै आएका दीप श्रेष्ठ र तेस्रो सिजनमा कोच रहेकी तृष्णा गुरुङको ठाउँमा राजेश पायल राई र प्रविशा अधिकारी देखिने भएका छन्।

अघिल्ला दुई सिजनमा कोच रहेका प्रमोद खरेल र राजु लामा यो वर्ष पनि यथावत् नै रहनेछन्। डिजिटल अडिसनमा सहभागी भएका करिब ४१ हजार आवेदकमध्येबाट १२० बढी प्रतिभाहरू ब्लाइन्ड अडिसनको तयारीमा छन्।

हिमालय टेलिभिजनबाट आगामी एक महिनाभित्रै द भ्वाइस अफ नेपालु सिजन ४ को प्रसारण हुने बताइएको छ। कार्यक्रम हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ।