‘खेलाडी लक्षित स्पोर्टस विश्वबिद्यालय र अस्पताल खोल्ने योजनामा छौं ।’

साउन १८, काठमाडौं  – नेपालमा फूटबल खेल लोकप्रिय बन्दै गएको छ । नेपालमा लामो इतिहास बोकेको फूटबल पछिल्लो अन्तराष्ट्रिय स्तरसम्म पुगिसकेको छ । खेलाडीहरुको आकर्षण पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । यस खेललाई प्रवद्र्धन गर्नका लािग सरकारले बिभिन्न योजनाहरु निर्माण गरिरहेको छ ।

यसै क्रममा फूटवल खेल प्रवद्धनका लागि सरकारको योजना के छ ? नेपालमा फूटबल खेलाडीको भविष्य कस्तो छ ? यि र यस्तै बिषयमा इमेल खवर डटकमले युवा तथा खेलकुद मन्त्रालयका सचिव  डा. दामोदर रेग्मीसंग कुराकानी गरेको छ । प्रस्तुत छ उनीसंग गरिएको कुराकानीको सम्पादित अंश ।

नेपालमा फूटबल खेलको पृष्ठभुमि बताइदिनुस न ।
फूटबल खेल विश्वमै लोकप्रिय खेलमा पर्ने गर्दछ । त्यसको असर नेपालमा पर्नु स्वभाविक नै हो । फूटबल आमसमुदायको बीचमा एउटा लोकप्रिय खेलको रुपमा रहेको छ । नेपालमा फूटबल करिब १०० बर्षअघि नै राणाकालमा प्रवेश गरेको हो । त्यसबेला यो खेल हवि र रुचिको रुपमा मात्रै खेल्ने गरिन्थ्यो अहिले भने यो खेल ब्यवसायिक र पेशाको रुपमा अगाडि बढ्दै गइरहेको छ ।

यो खेल प्रवद्धनका लागि सरकारले के गरिरहेको छ ?
सरकारले पनि फूटबल बढी प्राथमिकता दिने गरेको छ । राष्टि¥य स्तरमा ‘ए डिभिजन’ ‘बी डिभिजन’ ‘सी डिभिजन’का खेलहरु हुने गरेको छन् । राष्ट्रपति रनिङ सिलको प्रमुख खेल फूटवल रहेको छ । फूटबल महिला पुरुष र उमेर अनुसारका खेलहरु हुने गरेका छन् । फूटबलका प्रतियोगिताहरु राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगिता बढ्दै अवस्थामा यस खेलका लागि आवश्यक पुर्वाधारमा लगानी बढाएको छ । यस खेलका लागि पुर्वाधार इभेन्ट र इन्टरनेशनल एक्सपोजर मुख्य कुरा हुन् । यि तिनै कुरालाई प्राथमिकता साथ सरकारले अगाडि बढाएको छ । पछिल्लो समय तीनै तहका सरकार देखि निजी क्षेत्रले पनि लगानी बढ्दै गइरहेको । सबै पालिकामा एक खेलमैदानको योजना पनि सरकारले अघि बढाएको छ ।

यस खेलमा खेलाडीहरुको भबिष्य कस्तो छ ?
पहिला फुटवल एउटा रुचिको खेल थियो । तर अहिलेको समयमा खेलाडीहरुका लागि यो खेला पेशा र ब्यवसाय बन्दै गएको छ । कुनै पनि खेलाडीले त्यसमा भबिष्य देख्नुपर्दछ , उसका पनि आवश्यकता हुन्छन् । खेलबाट उसको आवश्यकता पुरा हुनुपर्दछ । पछिल्लो समय खेलाडीहरु ब्यवसायिक रुपमा अगाडि बढिरहेका छन् । अहिलेको समयमा खेलाडीहरु अन्तराष्ट्रिय स्तरमा पुगिसकोका छन् । सरकारले पनि खेलाडीहरुलाई पुरुस्कृत गर्न थालेको छ । यसले खेलाडीहरुको सहभागिता र आकर्षण पनि बढ्दै गइरहेको छ।

खेलाडीहरुको जीवनस्तर सुधार्नका लागि सरकारका योजना के छन् ?
लामो समय खेल्ने र बिस्तारै पलायन हुने अवस्था पनि छ । तर अब खेलाडीहरुको यो अवस्थालाई हामीले रोक्ने योजनामा छौं । अब सरकारले उसको सामाजिक सुरक्षाको ब्यवस्था सरकारले गर्नुपर्ने हुन्छ । । खेल्न नसक्ने अवस्थामा हामीले जीवनबृद्धिको ब्यवस्था गरिदनिपर्दछ । अब खेलाडीहरुलाई सुबिधा दिनुपर्दछ भन्ने हाम्रो योजना छ । खेलाडी पब्लिक फिगर भएकाले उनीहरुको गरिमा र प्रतिष्ठालाई अरु स्थानमा प्रयोग गर्न पनि सक्नेछौ । जस्तै सामाजिक कुरितिको बिषयमा बोल्न सक्नेछन्, युवाहरुको मुद्धा खेलाडीहरुले बोक्ने सक्ने अवस्थाको निर्माण हामीले गर्नुपर्ने हुन्छ । हामीले खेलाडीलाई शिक्षासंग पनि जोड्ने कोसिस गरिरहेका छौं । खेलाडी स्पोर्ट विश्वबिद्यालय खोल्ने योजनामा छौं । त्यस्तै खेलाडीको अस्पताल निर्माण गर्ने योजनामा छौं ।