हैजाबाट कसरी बच्ने ? यस्ता छन् उपाय

साउन १७, काठमाडौं –  पिउने पानी र खानेकुरा नै हैजाको प्रमुख कारण मानिन्छ । व्यक्तिगत वा वरपरको सरसफाइमा ध्यान नदिनु र लक्षण नदेखिएका संक्रमितसँग सम्पर्कमा आउनुले समेत मानिसमा यो रोग सार्ने गर्दछ ।

बर्षायाममा झन यसको संक्रमण बढ्ने गर्दछ । यसबाट बच्ने उपायहरु निम्न छन् ।

पानी राख्ने भाँडो सफा र सधैँ छोपेर राख्ने

सकेसम्म पानी उमालेर पिउने

उपत्यकाका धेरै ठाउँमा खानेपानीको पाइपमा ढल मिसिने भएकाले सकेसम्म खानेपानी फिल्टर गरी उमालेर पिउने

काँचो खानेकुरा सकेसम्म नखाने गाँजर, मूला, काँक्रो र स्याउ जस्ता नपकाइ खान मिल्ने खानेकुरा राम्ररी सफा पानीले पखालेर खाने

बाहिरबाट आउनेबित्तिकै साबुनपानीले हातधुने बानी बसाल्नु पर्छ ।