न्यूयोर्कमा मंकीपक्स बढ्दो – स्वास्थ्य संकटको घोषणा

साउन १६, काठमाडौं  – मंकीपक्सको प्रकोपका कारण अमेरिकाको न्युयोर्क सहरमा सार्वजनिक स्वास्थ्य संकटको अवस्था घोषणा गरिएको छ।

न्यूयोर्क सहरका मेयर एरिक एडम्स र शहरका स्वास्थ्य आयुक्त आश्विन भासनद्वारा संयुक्तरूपमा जारी वक्तव्यमा न्यूयोर्क राज्यमा कूल एक हजार ३८३ जनामा मंकीपक्स सङ्क्रमण पुष्टि भएको उल्लेख गरिएको छ।

‘हाल न्यूयोर्क सहर यो प्रकोपको केन्द्र हो र हाम्रो अनुमानअनुसार हाल करिब एक लाख ५० हजार न्यूयोर्कवासीहरू मंकीपक्स सङ्क्रमणको जोखिममा पर्न सक्छन्’, उक्त वक्तव्यमा लेखिएको छ

न्यूयोर्कका गभर्नर क्याथी होचुलले राज्यमा मंकीपक्स सङ्क्रमणले प्रकोपको रूप लिएको घोषणा गरेको एक दिनपछि नयाँ घोषणा भएको बताए। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको तथ्यांकले देखाएअनुसार शुक्रबारसम्म अमेरिकाभर पाँच हजार १८९ रोगको पुष्टि भएको थियो।