तीज गीत ‘छम्म छम्म नाचौं न’ सार्वजनिक (भिडिओ)

काठमाडौं  – शान्तिश्री परियार र सारिका घिमिरेको स्वर रहेको गीत ‘छम्म छम्म नाचौं न’ बोलको गीत सार्वजनिक भएको छ । गीता अधिकारीको शब्द रहेको गीतमा योगेश काजीको संगीत तथा एरेन्ज रहेको छ।

६० जनाभन्दा बढी कोरस प्रयोग गरिएको निर्माण गरिएको भिडियोमा रश्मी भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापामगर लगायतको अभिनय रहेको छ ।

राहुल राईले छायांकन गरेको भिडिओलाई विष्णु शर्माले सम्पादन गरेका छन्। गीतको भिडिओ ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।