एनआईबिएल एस क्याप्टिलको अफर, डिम्याट खाता १० बर्षसम्म निशुल्क नबीकरण देखि लिएर बालबालिकालाई उपहार

साउन १५, काठमाडौं  – नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेड १० बर्षमा प्रवेश गरेको छ ।

१० औं बर्ष मनाउदै क्यापीटलले ग्राहकहरुका लागि आकर्षक छुट र योजनारु ल्याएको छ । योजना र छुट अन्र्तगत डिम्याट खाता १० बर्षसम्म निशुल्क नबीकरण देखि लिएर बालबालिकालाई उपहार प्रदान गरिने बताएको छ ।

बिगत १० बर्षमा ७००भन्दा बढि लगानीकर्तालाई लगानी व्यवस्थापन सेवा प्रदानगर्दै आइरहेको यस क्यापिटलले सेवाहरुमा विशेष छुटका साथै ग्राहकवर्गलाइ लक्षित गरी निम्न योजनाहरु ल्याएको छ

– Dematको वार्षिकनविकरणशुल्कमा १० वर्षको अग्रिम भुक्तानीमा थप १० वर्ष निशुल्क नविकरण

– रु १० मा dfMarket Expert*

– ब्यवस्थि तलगानी योजना Systematic Investment Plan(SIP) को धन्यवाद अफर (लगानीकर्ता हरु मध्ये बाट१० जना भाग्यशाली महानुभावहरुलाई रु १०,००० बराबरको इकाई प्रदानगरिने र यो भाग्यशाली विजेताहरुको छनोट गोलाप्रथाद्वारा Facebook Live मार्फत गरिने

– SIP दर्ता हुनेबालबालिकालाई आकर्षक उपहार प्रदान गरिने
(basket of happiness) *

क्याप्टिल, योजना  व्यवस्थापक रही“एनआईबिएलम्युचुअल फण्ड“अन्र्तगत तीनवटा बन्दमुखी र एक खुलामुखीम्युचुअल फण्ड योजनाहरू सञ्चालनमा ल्याइसकेको छ । जस मध्ये एनआईबिएल समृद्धि फण्ड–१ परिपक्कभई आफ्नो इकाईधनीहरुलाई रकम समेतफिर्ता गरिसकेको छ । साथै नयाँबन्दमुखी योजनाूल्क्ष्द्यी “NIBL Growth Fund” धितोपत्रबोर्डमापेश भईप्रारम्भिक समीक्षाको चरणमा रहेको छ ।

क्यापिटलल १८८ कम्पनीको IPO तथा विभिन्न कम्पनीको हकप्रद शेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा समेत कार्य गरेको छ । क्याप्टिलहाल ५१ कम्पनीको शेयर रजिष्ट्रारको रुपमा कार्यरत छ।