चलचित्र पानीफोटो आजदेखि हलमा

साउन १३, काठमाडौं –  खगेन्द्र लामिछानेले निर्देशनमा निर्माणा भएको चलचित्र पानीफोटो आजदेखि रिलिज हुने भएको छ ।

खगेन्द्र आफूले नै लेखेको नाटकलाई खगेन्द्रले फिल्म बनाएका हुन्। गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’मै आधारित भएर यो फिल्म बनेको हो।

फिल्ममा खगेन्द्रका साथै अनुप बराल, मेनुका प्रधान र मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ्ग, बुद्धि तामाङ्ग, रमेश अधिकारी, कमलमणी नेपाल, लगायतका कलाकारहरूको अभिनय छ।