चलचित्र ‘प्रेमगञ्ज’को ट्रेलर सार्वजनिक

साउन ११, काठमाडौं – चलचित्र प्रेमगञ्जुको ट्रेलर सार्वजनिक भएको छ । परिच्छेद सेनले निर्देशन रहेको उक्त चलचित्रमा बेनिशा हमाल, तेज गिरी, राइडर प्रशान, सुप्रिया खनाल, सम्पदा बानियाँ, पवन भट्टराई, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायत कलाकारको अभिनय छ।

किरण गुरागाईं, रेश्मा थापा, राजेश सुवाल, गणेश भण्डारी, निर्मला लामिछानेको लगानी रहेको फिल्मको कथा निर्देशक परिच्छेदले नै तयार पारेका हुन्।

चलचित्र भदौ ३ गतेदेखि प्रदर्शन हुँदैछ।