टीभीएसको नयाँ शोरुम काठमाडौंको टोखामा

साउन १०, काठमाडौं – नेपालमा टीभीएस दुई पाङग्रे को एकमात्र वितरक जगदम्बा मोटर्सले काठमाडौंको टोखा–३, स्थुलि, स्थित पूर्ण सुविधासहितको नयाँ शोरुम ‘टोखामी अटो हब’ सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुलाई टीभीएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ मिडिया र टीभीएसका प्रतिनिधिहरु बीच टोखामा नयाँ शोरुम सुरु गरिएको हो ।

टोखाको नयाँ शोरुममा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, टीभीएस मा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न हामी सधैं प्रयासरत छौं। ग्राहकहरूलाई थप प्रभावकारी र छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको छ।

टीभीएस ले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा र गुणस्तरीय सेवा मा ध्यान दिएको कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्स प्रालि टीभीएसको एक मात्र आधिकारिक वितरक हो।