अनील सिंहले ल्याए ‘देउडा रेलिमोई’ रिलिज

साउन ५, काठमाडौं –  ‘आई लभ यु’, ‘प्रेम पत्र’, ‘डुब्न देऊ’, ‘इन्जिन गाडीमा’, ‘प्रेमिका’, ‘मैले जानी सकेँ’लगायत दर्जनभमन्दा बढी लोकप्रिय गीतका गायक अनील सिंह देउडा गीत ‘रेलिमोई’ लिएर दर्शकमाझ आएका छन् । पप गायनमा सक्रिय अनीलले यसपटक देउडा गीत गाएका छन् ।

आफ्नै स्वर र संगीत रहेको गीतको भिडियोमा उनी स्वयम् फिचर्ड छन् । सार्वजनिक गीतमा रिदमराज जोशीको शब्द छ ।

आफू ‘सप्तरङ्ग’ सांगीतिक टुरमा रहँदा देउडा गीत गाउनु पर्यो भन्दै प्रस्ताव आएपछि उनले यो गीत तयार पारेका हुन् । गीतमा अनीलसँगै इटालियन मोडेल मार्गोस तटेला, निर्मल सिग्देल फिचर्ड छन् । गीतको भिडियोमा सीजीआई, भीएफएक्स र कलाकार करेक्सन सुवोध पाण्डेको रहेको छ । यसलाई म्युजिक स्टेटले छायांकन, सम्पादन र निर्देशन गरेको छ ।