नामिबियासँग ६३ रनले पराजित नेपाल

 

साउन १,एजेन्सी – आईसीसी पुरुष विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजमा नेपाल फेरि नामिबियासँग पराजित भएको छ। स्कटल्याण्डको एयरमा शनिबार राति नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो ।

यससँगै नेपाल जारी सिरिजमा नामिबियासँग लगातार दोस्रो खेलमा पराजित भएको छ । सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

सिरिज अन्तर्गत नै नेपालले अन्तिम खेलमा भोलि आइतबार स्कटल्याण्डविरुद्ध खेल्नेछ ।

सिरिजकै पहिलो भेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।

नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा झरेको छ । नेपालले १९ खेलमा १७ अंक जोडेको छ ।

नामिबिया १८ खेलमा १८ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।