डिभिमा आधारित ‘अम्रिका’ म्युजिक भिडियो सार्वजनिक

असार ३०, काठमाडौ – गायक सुधन गैरे र गायिका मेलिना राईको युगल गायनमा समावेश ‘अम्रिका’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा शब्द दिग्गज धौरालीको रहेको छ भने सङ्गीत सुवास भुषालको रहेको छ । गीतलाई पुष्कर सुनुवारले सङ्गीत संयोजन गरेका छन ।

प्रेमिल शैलीको यस गीतको म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माको प्रेम र रोमान्स मिश्रित अभिनय रहेको छ । पवन सुस्लिङले छायाङ्कन गरेको यस भिडियोलाई दिन्शन शाहले सम्पादन गर्नुभएको हो । गम्भीर विष्टको कोरियोग्राफी रहेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो ।

‘अम्रिकामै बसेर घरजम गरौँला।।।’, ‘मेरा केही शर्त छन् गर पूरा।।।।’, ‘तिमीतिरै यो मन छोडिदिए।।।’, लगायत बोलका गीत म्युजिक भिडियामा समावेश गरिएको छ । भिडियो गायक गैरेको युट्युब च्यानल ‘एसजी मेलोडी’मार्फत् सार्वजनिक भएको हो । गायक गैरे लामो समयदेखि अमेरिकामा बस्दै आएका छन ।

यसअघि गायक गैरेको स्वरमा रहेको ‘उडी जाने जेट’, ‘माया किन मोडियो’, ‘सानी’ बोलको म्युजिक भिडियो स्रोतामाझ आइसकेका छन् । डिभी परेर अमेरिका जाने सपना बोकेको प्रेमिल जोडीको रमाइलो कथामा यो म्युजिक भिडियो आधारित रहेको छ ।