असार २३, काठमाडौं -अभिनेत्री सुहाना थापा नयाँ चलचित्रको तयारीमा छिन्।
साउनको पहिलो साताबाट छायांकनमा जाने तयारीमा रहेको ‘भागवत गीता’को टिजर रिलिज गर्ने तयारीमा निर्माता सुनिल थापा रहेका छन्।
झरना थापाले निर्देशन गर्ने यो फिल्ममा सुहानासँग धिरज मगर देखिने भएका छन्।
धिरजले यो फिल्मका लागि औपचारिक सम्झौता गरिसकेका छन्। यो जोडीका साथमा फिल्ममा दयाहाङ राई पनि देखिने छन्।
