सुरक्षाको ‘बुलाकी’ कात्तिक १८ मा

असार १६, काठमाडौं  – चलचित्र ‘बुलाकी’ को रिलिज मिती तय गरीएको छ । निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्मलाई कात्तिक १८ गते रिलिज गर्ने जानकारी गराएका हुन् ।

जारी प्रथा माथि बनेको फिल्मलाई लक्ष्मण सुनार निर्देशन गरेका हुन् मोती विष्टको प्रस्तुति र गोपाल विष्ट निर्माता रहेको फिल्मको कथा निर्देशक सुनार स्वयंले लेखेका हुन् ।

सौगात कँडेल सहनिर्माता फिल्मलाई शिव ढकालले खिचेका हुन् फिल्ममा नायिका सुरक्षा पन्त रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुल दीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँलेको पनि अभिनय रहेको छ ।

फिल्मको सम्पूर्ण दृश्य डोल्पामै खिचिएको हो ।