विपत व्यवस्थापनमा पुर्व तयारी जरुरी


इमेलखबर संवाददाता(काठमाडौं)
विपत व्यवस्थापनमा पुर्व तयारी गर्न सरकार र गैसस एक जुट हुनु पर्नेमा जोड दिएका छन् । राजधानीमा मंगलबार अन्तराष्ट्रि सम्मेलनमा जापान, श्रीलंका, नेपाल लगायतका विपत न्युनिकरणमा सरोकारका पक्षमा विपत अघि नै सचेत हुन सरकार र गैरसरकारी संस्थाबिच छलफल भएको हो ।
अन्तराष्ट्रिय सिम्फोजीयम–२०२२ आयोजना गरिएको थियो । जसमा विपत व्यवस्थापनका पुर्व सचेतना अपनाउने विषयमा छलफल गरिएको थियो । एसिया पेसिफीक अलाइनस(ए–प्याड) र राष्ट्रिय व्यवसायिक पहल(एनविएल) को संयुक्त आयोजनामा जापान, श्रीलंक जस्ता मुलुकको विपत व्यवस्थापनमा गैरसरकारी र सरकारी स्तरको पहल बारे अनुभव प्रस्तुत गरिएको थियो । साथै, गैरसस, सरकार र सम्बन्धीत पक्षवाला संग सामुहिक छलफल एवं अन्तक्रिया गरिएको थियो ।
नेपालका तर्फबाट गृहमन्त्री बालकृष्ण खा“डले विपत व्यवस्थापनमा सरकार एक्लैले रोकथाम गर्न सम्भव नरहेको बताए । भुकम्पको बेलामा झन्डै ८ सय भन्दा बढी अन्तराष्ट्रिय मुलुक लगायत आन्तरिक स्रोतले सहयोग गरेको सम्झदै उनले सामुहिक पहल जरुरी रहेको बताए । खास गरि जापानले भुकम्पको बेला नेपालको घाउमा मल्हम पट्टी लगाउन निकै पहल गरेको उनले सुनाए । उनले पछिल्लो समय बाढी भन्दा पहिलोले ज्यान गुमाउनेको सख्ंया उच्च छ । पुर्व सुचना पाउने, जोखिम पुर्ण वस्तीमा नबस्ने, प्रकोप हुनु अघि तयारी अपनाउने हो भने विपतबाट जोगीन सकिने सुझाव दिए ।
डिआरआर एक्सपर्ट सुनिल सन शाक्य, नेपाल सरकारका पुर्व सचिव मानव डा. मानव बहादुर विश्वकर्मा, ए–प्याडका को निर्देशक फिर्जान हसिम, राष्ट्रिय जोखिम तथा न्युनिकरण प्राविधिकरणका प्रवक्ता डा. डिजेन भट्टराई, फेड्रेसन अफ नेप्लीज च्याम्बरर्स अफ कर्मस एन्ड इन्टस्ट्रीजका प्रमुख शेखर गोल्छा बीच विपत व्यवस्थापनमा सरकार र गैससको भुमिका बारे सामुहिक छलफल गरिएको थियो । डा. मानवहादुरले प्रकोप हुनु हुन नदिन १ डलर खर्च गरे पुग्ने ठाउमा प्रकोप भईसकेपछि ३० डलर खर्च गर्न तयार हुने परिपाटीको खण्डन गरे । ‘हामी पुर्व तयारीमा ध्यान दिए खर्च पनि बच्छ, मानव हित पनि हुन्छ’, उनले भने,‘तर, त्यसो भइरहेको छैन ।’
त्यस्तै, प्राविधकरणका प्रमुख अनिल कोइरालाले विपत व्यवस्थापनका लागि विभिन्न रणनीति तयार भएको बताए । जसमा ‘विपत इपोर्टल’ बनाउने, सबै व्यवसायिलाई बिमा जोड दिने, जोखिम युक्त ठाउमा सके सम्म उद्योग नबनाउन सचेना गर्ने जस्ता कार्य योजना भइरहेको उनले सुनाए ।
सिम्फोजीयममा एसोसिएसन अफ इन्टरनेश्नल एन्जीओस् नेपालका प्रमुख डा. सुशिल कोइराला, सोसियल वेलफेयर काउन्सीलका मेम्बर सेक्रेटरी मनोज भट्टराई, नेश्नल डिजास्टर रिक्स रिडक्सन एन्ड म्यानेजमेन्ट अथोरिटीका सिइओ डा. अनिल पोख्रेल, जापान एम्बीसिका तामुरा ताकाहिरा, एनवी आइका प्रमुख कुश कुमार जोशी लगायतले विपत व्यवस्थापनमा सहकार्य गर्ने विचार राखेका थिए । ए–प्याड इन्टरनेश्नलका प्रमुख डा. क्वाजी क्वाम्रुजामनको भिडियो मार्फत विचार प्रस्तुत गरिएको थियो । उनले नेपालको विपतमा सहकार्य गर्न आफ्नो संस्था सधै सक्रिय हुदै आएको र तत्पर रहिरहने प्रतिबद्धता दिएका थिए ।