लागुऔषध दुव्र्यसनबाट युवालाई बचाउनु सबैको दायित्व हो : गृहमन्त्री खाण

असार १२, काठमाडौ – गृहमन्त्री बालकृष्ण खाणले लागुपदार्थको दुव्र्यसनबाट युवालाई बचाउनु सबैको दायित्व भएको बताएका छन ।

लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित एक समारोहमा उहाँले उनीहरुलाई दुव्र्यसनबाट बचाउनु सरकारसँगै समाजको पनि उत्तिकै दायित्व भएको धारणा राखे।

गृहमन्त्री खाणले युवाको सुरक्षित भविष्य र आम नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए। लागुपदार्थको दव्र्यसनका कारणले समाजलाई गम्भीर असर पारेको र त्यो असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेकातर्फ सचेत हुन उहाँले सबैमा अनुरोध गरे।

उनले युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा चेतनामूलक कार्यक्रमका साथै पाठ्यपस्तकमा लागुऔषध दुव्र्यसनका असरबारेका विषयवस्तु समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउनुपर्ने आवश्यकता औँल्याए । उनले दुव्र्यसनमा फसेका युवालाई सुधार्न विषेश अभियान थाल्नुपर्नेमा जोड दिए ।

उनले लागूऔषध दुव्र्यसन र त्यसको अवैध ओसारपसार रोक्न सरकारले संवेदनशील भएर काम गरिरहेको जानकारी दिए । “नेपालमा लागूपदार्थको दुरुपयोग र अवैध ओसारपसार चुनौतीको रुपमा आइरहेको छ, यसले समाजलाई गम्भीर असर पारेको छ, बढी युवा पुस्तामा असर गरेको छ”, गृहमन्त्री खाणले भने, “सरकार यो संवेदनशील विषयमा आफ्ना नागरिकको रक्षा र युवा पुस्ताको सुन्दर भविष्य बचाउन प्रतिबद्ध छ ।”

उनले आउने दिनमा सरकारले अझै बढी ध्यान दिने, जनजागरुकताका कार्यक्रम ल्याउने, पाठ्यपुस्तकमा पनि विषय समावेश गरी विद्यार्थीलाई बेलैमा जानकारी दिने, दुव्र्यसनमा फसेका युवाहरुलाई सुधार्ने अभियान थाल्नुपर्नेमा जोड दिए । मुलुकमा लागुऔषधसम्बन्धिको अपराधमा दोषी देखिएका छ हजार बढी मानिस कारगारमा रहेको र मुलुकभर हुने आपराधिक गतिविधिमध्य आठ प्रतिशतभन्दा बढी लागूपदार्थसँग सम्बन्धित रहेको गृहमन्त्री खाणले जानकारी दिए ।

कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे र नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले लागूऔषधमुक्त परिवार, समाज र राष्ट्र निर्माण गर्न सबै नागरिक आफ्नोतर्फबाट सचेत हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा लागूऔषधविरुद्ध कार्य गर्ने विभिन्न संघसंस्थालाई सम्मानसमेत गरिएको थियो । ‘मानवीय स्वास्थ्य सङ्कटका बेला झन्, लागूऔषध चुनौतीको गरौँ सम्बोधन’ भन्ने मूलनाराका साथ आयोजित औपचारिक समारोह अघि सचेतनामूलक ¥यालीसमेत निकालिएको थियो ।