भलिबल सङ्घ तनहुँको अध्यक्षमा सुनार

असार ८, काठमाडौ – भलिबल सङ्घ तनहुँको अध्यक्ष पदमा पदम सुनार चयन भएकि छिन् । सङ्घको तेस्रो अधिवेशनबाट उनि पुनः सो पदमा चयन भएकि हुन् ।सङ्घको उपाध्यक्षमा रमेशकुमार श्रेष्ठ, लक्ष्मण गुरुङ, महासचिवमा अशोक गिरी, कोषाध्यक्षमा विमल राना र सदस्यमा चक्र कुँवर, राजु राई, तुलबहादुर थापा, तिलबहादुर थापा, किसान थापा, लक्ष्मी कुमाल, मदन थापा, शम्सेर लम्साल चयन भएका छन् । प्रदेश प्रतिनिधिमा टुकबहादुर गुरुङ र गोपाल थापा चयन भएको छन् ।

अधिवेशनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले भलिबलले तनहुँलाई देशभर चिनाउन सफल भएको बताए । कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष ऋषिराम भुसाल, भलिबल सङ्घका केन्द्रीय सचिव डिबी नेपाली, केन्द्रीय सदस्य राजकुमार श्रेष्ठ, पश्चिमाञ्चल भलिबल सङ्घका उपाध्यक्ष नवीन गुरुङलगायतले भलिबलको विकासका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।