ओमानमाथि नेपालको शानदार जीत

 

असार १, काठमाडौं  – आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । ओमानले प्रस्तुत गरेको १६४ रनको लक्ष्य मात्र ३ विकेटको क्षतिमा १०१ बल बाँकी छँदै सफलतापूर्वक पछ्याएको हो ।

नेपालको जीतमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । शेखले सर्वाधिक ६२ रन तथा भुर्तेलले ५६ रनको योगदान दिए ।

रोहित पौडेलले नटआउट रहँदै २६ रन बनाएर टिमलाई जीतसम्म डोर्‍याए । ओमानका लागि फयाज बटले २ तथा खवाल अलीले १ विकेट लिए ।