तीन करोड लागतमा कविर सत्संग मन्दीर बन्दै

बैशाख ३१, काठमाडौं  – झन्डै ३ करोडको लगानीमा ‘कविर सत्संग मन्दीर’ निर्माण हुदैछ । काठमाडौस्थित मध्यबानेश्वरमा मंगलबार सादु, भक्त समाज र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह लगायतले सामुहिक रुपमा भवन शिलन्यास गरेका छन् । सत्संगको आफ्नै तीन रोपनी सात आना जग्गा छ । त्यहि स्थानमा कविर सत्संग मन्दिरको निर्माण हुन लागेको हो । पुरानो मन्दीरको विस्तार गरेर वृहत बनाउन लागिएको मन्दीर प्रवन्धक आर्दश दासले सुनाए । लगभग ३ करोडको लागतमा बन्दै गरेको मन्दीर तीन तलाको हुने उनले बताए ।

काठमान्डौ महानगरपालिकाले ५० लाख रुपैया दिने भएको छ । त्यस्तै, प्रदेश सरकारबाट पनि केहि सहयोग प्राप्त भएको र बाकी अरु पनि सहयोग गर्ने वचन दिइएको उनले सुनाए । ‘प्रदेश सरकारले ढुंगा छाप्न सहयोग गर्यो अरु पनि सहयोग गर्छु भन्नु भएकोछ’, उनले भने, ‘भवन निर्माण पछि मानव सेवामा प्रसस्त सहयोग पुग्छ ।’

वि.स २०२६ सालदेखि निरन्तर मानव सेवा गर्दै आएको छ । सडक मानव, देखि दुखि गरिब र विचल्लीमा परेका व्यक्तिलाई फिल्डमै गएर उद्धार गरिएको उनले बताए । कविर भक्त दासका अनुसार काठमाडौमा मात्रै ६ स्थानमा कविर मन्दीर खोलिएएका छन् । कविर सत्संग मन्दिरले ध्यान, सत्संगको माध्यमबाट मानव कल्याण गर्ने, सेवा गर्ने र मान्छेलाई आध्यात्मीक ज्ञान प्रदान गर्दै आएको छ । त्यस्तै दुखि, गरिब, असाहयको क्षेत्रमा काम गर्ने संघ संस्थालाई पनि कविर सत्संग मन्दीरले सहयोगी हात गर्दै आएको छ ।