ऊर्जा खपत कम गर्न पाकिस्तानमा सरकारी कार्यालय हप्तामा पाँच दिन खुल्ने

जेठ २६, एजेन्सी  -पाकिस्तानले आफ्नो सरकारी कार्य हप्तामा ६ बाट घटाएर पाँच दिन पुर्‍याउने भएको छ।

ऊर्जा र इन्धन खपत कम गर्न सरकारले पछिल्लो योजना ल्याएको हो। योजनालाई मंगलबार मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ।

गठबन्धन सरकारको मन्त्रिपरिषद्ले ल्याएको योजनामा इन्धन र ऊर्जाको प्रयोग घटाउनका लागि विभिन्न मितव्ययी उपाय समावेश छन्।

पछिल्लो समयमा पाकिस्तानमा उर्जा संकट चर्किएको छ। लोडसेडिङको समय र इन्धनको मूल्यमा बृद्धि हुँदा अर्थव्यवस्था नराम्ररी प्रभावित भएको छ। गर्मी महिनामा बढ्दो मागको सामना गर्न देशको उर्जा उत्पादन घाटामा छ।