रानीको ‘धेरै प्रश्न’मा पुष्प र सलिनाको प्रेम (भिडियो)

जेठ २२, काठमाडौं  – गायिका रानी शाक्यले ‘धेरै प्रश्न’ बोलको गीत सार्वजनिक गरेकी छिन् ।

गीतकार राजेश शाक्यको शब्द रचना रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् । फिल्म निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेका भिडियोमा नायक पुष्प खड्का, मोडल सलिना खत्री र कलाकार कृष्ण सिवाकोटीलाई देख्न सकिन्छ ।

भिडियोमा दीपेन्द्रकै कथा, कृष्ण भण्डारीको सम्पादन, बुद्ध थापाको छायांकन, निर्मला खत्रीको कोरियोग्राफी छ ।

रसरंग मिडियाको प्रस्तुति रहेको गीतको भिडियोलाई गायिका शाक्यकै आधिकारिक युट्युब च्यानलबाट हेर्न सकिन्छ