महेश काफ्लेको ‘बर्को बेरेर सार्वजनिक (भिडियो)

जेठ १६, काठमाडौं  – गायक तथा संगीतकार महेश काफ्लेको ‘बर्को बेरेर’ गीत सार्वजनिक गरेका छन् ।

महेशकै शब्द तथा संगीत रहेको गीतमा गायिका रचना रिमालको आवाज सुन्न सकिन्छ िएभरेस्ट फिल्म एकेडेमीको प्रस्तुति रहेको गीतको भिडियो छायांकन विकास सिटौलाले गरेका हुन्।

भिडियोको निर्देशन सुबोल थापाले गरेका हुन् भने सम्पादन सुनिल शिवभक्तिको हो। भिडियोमा दिया श्रेष्ठको मुख्य भूमिका रहेको छ भने दीपक कोइराला र गीतकार महेशको पनि अभिनय रहेको छ। गीत महेशकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।