चन्द्रागिरिको प्रमुखमा कांग्रेसका गिरी र उपप्रमुखमा एमालेकी श्रेष्ठ विजयी

 

जेठ ६, काठमाडौं –  चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरी विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार उत्तमबहादुर राउतलाई पराजित गर्दै गठबन्धनका उम्मेदवार गिरी निर्वाचित भएका हुन्। विजयी गिरीले १५ हजार ४७५ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी राउतले १४ हजार ६५१ मत प्राप्त गरेका छन् ।

विजयी गिरी यसअघि पनि सोही नगरपालिकाको प्रमुख थिए ।

उपप्रमुखमा नेकपा एमालेकी वसन्ती श्रेष्ठ निर्वाचित भएकी छिन्। विजयी श्रेष्ठले १५ हजार ५६४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका रोशन दानीले ४ हजार ४५९ मत प्राप्त गरे। उक्त नगरपालिकाको उपप्रमुखमा १० हजारभन्दा बढी मत बदर भएको थियो ।