काठमाडौं मतगणनाः बालेन शाहको सुरूवाति अग्रता

बैशख ३१, काठमाडौं  – काठमाडौं महानगरपालिकाको मतगणना अगाडि बढेको छ । वडा नम्बर १ र ३२ को मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रारम्भिक अग्रता लिएका छन् ।

वडा नम्बर १ मा कांग्रेसकी सिर्जना सिंहले ८ भोट ल्याउँदा बालेन शाहले ७ भोट ल्याएर उनलाई पछ्याएका छन् । वडा नम्बर ३२ मा भने बालेनले ८ भोट ल्याउँदा कांग्रेस र एमालेलाई १(१ भोट मात्रै खसेको छ ।

समग्रमा बालेन शाहले १५ मत ल्याउँदा सिर्जना सिंहले ९ मत ल्याएर पछ्याइरहेकी छन् ।