रुपा गाउँपालिकामा कांग्रेसको आग्रता

बैशाख ३१, कास्की  – कास्कीको रुपा गाउँपालिकामा शुक्रबार भएको निर्वाचनमा १० हजार ३४४ मत खसेको छ ।

गाउँपालिकामा कूल १४ हजार ६७५ मतदाता थिए । सबै मतदान केन्द्रको मतपेटिका आएसँगै सर्वदलीय वैठक बसी मतगणना सुरु गरिएको निर्वाचन अधिकृत रुद्र सुवेदीले जानकारी दिए ।

गाउँपालिकाको वडा नं १ र २ को मतगणना भइरहेको र हाल ८०० जति मतगणना भइसकेको उनले जानकारी दिए ।

उनका अनुसार गणनामा वडा नं १ मा नेपाली कांग्रेस र वडा नं २ मा नेकपा (एमालेले अग्रता लिएको छ ।