सुनको मूल्य एक लाख दुई सय रुपैयाँ कायम

बैशाख १२, काठमाडौं – सुनको भाउ सोमबार प्रतितोलामा तीन सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ।

आइतबार एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३५० रुपैयाँ तोकिएको छ।