जितुको मायामा खुस्बु (भिडियो)

बैशाख १२,काठमाडौ – जितु श्रेष्ठको आवाज र नन्दनी अधिकारीको शब्द तथा कम्पोजमा गीत माया रिलिज भएको छ ।

अशोक भुजेलले गीतको भिडियो निर्देशन गरेका हुन् । भिडियोमा खुस्बु गुरुङलाई फिचर्ड गरिएको छ । अनिल कटुवालको छायाङ्कन र कलरीङ भिडियोमा देख्न सकिन्छ ।

गायक जितुकै अफिसियल युट्युब च्यानल बाट रिलिज गरिएको भिडियोलाई अरुण कटुवालले सम्पादन गरेका छन् ।