सर्ट फिल्म ‘सन्तान’ सार्वजनिक -भिडियो

बैशाख ८, काठमाडौ – सर्ट फिल्म ‘सन्तान’ सार्वजनिक भएको छ । मिथिला शर्माको मुख्य भूमिका रहेको फिल्ममा उत्तम सञ्जेलको निर्देशन कथा, पटकथा र संवाद रहेको छ  । फिल्ममा धन–सम्पत्तिका लागि छोरा–छोरीले आमा–बुबालाई के र कतिसम्म गर्न सक्छन् भन्ने देखाउन खोजिएको छ । नवीन घर्ती मगरको सम्पादनमा रहेको फिल्मलाई दुर्गा पौडेलले छायाङ्कन गरेका छन् ।

ओएसआर डिजिटल मार्फत रिलिज गरिएको फिल्ममा मिथिलाको अलावा अजय अधिकारी ‘सुशील’, साक्षी लम्साल, सन्दीप श्रेष्ठ, पुष्प अवस्थी, सरस्वती अधिकारी, रविन दोङ लगायत कलाकारको अभिनय देख्न सकिन्छ ।