तथ्य र यथार्थपरक सूचना प्रवाह गर्न आग्रह

बैशाख ७, काठमाडौं – निवाचन आयोगले सञ्चारमाध्यमहरुले स्थानीय तहसम्बन्धी समाचार अन्दाज र अनुमानका आधारमा नभई तथ्य र यथार्थपरक रुपमा प्रवाह गर्न सुझाव दिइएको छ । निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले सञ्चार जगत्सँग सो आग्रह गरेका छन् ।

स्थानीय तह निर्वाचन सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घको सहयोग र समन्वयमा निर्वाचन आयोगद्वारा यहाँ आयोजित मिडिया अन्तक्र्रियामा उहाँले निर्वाचन गर्ने संवैधानिक जिम्मेवारी पूरा गर्ने आयोगको निर्वाचन कार्यमा सहयोग पु¥याउन सञ्चार क्षेत्रसँग अनुरोध गरे । आयुक्त तुलाधरले भने, “लोकतन्त्रको आधार भनेको स्वतन्त्र निर्वाचन हो, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउन सञ्चार क्षेत्रले गर्दै आएको सहयोग सराहनीय छ ।”

निर्वाचन व्यवस्थापन सुदृढीकरणका लागि आयोगले काम गर्दै आएको उल्लेख गर्दै डा तुलाधरले निर्वाचनसम्बन्धी सही सूचना र निर्णयलाई आम नागरिकसामु पु¥याएर सहयोग गर्न आग्रह गरे ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिता कार्यान्वयन भए÷नभएको अनुगमन गर्न केन्द्रदेखि पालिकासम्म विभिन्न तहका संयन्त्र भएको बताउनुभयो । उनले भने, “सञ्चार क्षेत्रले निर्वाचान आचारसंहिता उल्लङ्घन भए÷नभएकोबारे तथ्यगत सूचना निःशुल्क सम्प्रेषण गरी आयोगको काममा सहयोग पु¥याएको छ ।”

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनको समाचार लेख्दा सञ्चारकर्मीले दल विशेषप्रतिका आस्था र आबद्धता त्याग्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “चुनावका बेला ‘फेक न्यूज’को कारखाना नै चल्न सक्ने खतरा छ, त्यसबाट जोगिन समाचार, समाचारको पुष्ट्याइँ गरी सत्य, तथ्य समाचार सम्प्रेषणमा ध्यान पु¥याउनुपर्छ ।”

वरिष्ठ पत्रकार बबिता बस्नेतले राजनीतिक दलका नेताहरूबाट एक–अर्कालाई लाञ्छित गर्ने गरी आउने गरेको अभिव्यक्तिले नेताको उत्तरदायित्वमाथि प्रश्न खडा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनका समयमा ‘मिस इन्फर्मेसन’ र ‘डिस इन्फर्मेसन’को चुनौती छ, प्रभावकारी अनुगमनका लागि निर्वाचन अनुगमन संयन्त्र प्रभावकारी हुन आवश्यक छ ।”