किसानलाई अनुदान

वैशाख ३, काठमाडौं –भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले दुग्ध उत्पादक किसानलाई नगद अनुदान वितरण गर्न शुरु गरेको छ । साना दुग्ध व्यवसायी किसानलाई प्रतिलिटर दुई रुपैया ५० पैसा र ठूलालाई बढीमा एकमुष्ट आठ लाख ७५ रुपैयाका दरले अनुदान वितरण गर्न शुरु गरेको हो ।

यस वर्ष ११ दुग्ध सहकारी मार्फत पहिलो चौमासिकमा रकम निकासा गरिएको सो कार्यालयले जनाएको छ । गतवर्ष रु।४५ लाख अनुदान रकम वितरण गरेकोमा यस वर्ष बजेट कटौती भएर आएको कार्यालयका प्रमुख डा।बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

जिल्लाका ११ दुग्ध सहकारी मार्फत अनुदान वितरण कार्य थालेको र असार १५ भित्र निवेदन आएकालाई अनुदान प्रदान गरिने उनले बताए । दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न उत्पादनको आधारमा अनुदान कार्यक्रम ल्याएको कार्यालयका प्रमुख डा। श्रेष्ठले जानकारी दिए । किसानलाई प्रोत्साहन गर्न दुधमा प्रतिलिटर अनुदान कार्यक्रम लागु गरेपछि जिल्ला दुधमा आत्मनिर्भर बनेको उनले बताए ।

जिल्लामा वार्षिक तीन हजार आठ सय मेट्रिक टन दूध उत्पादन हँुदै आएकोले बाह्य जिल्लामा समेत निर्यात हुन थालेको छ । प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर दुध आवश्यक पर्ने भएपनि अहिले प्रतिव्यक्ति ११७ लिटर प्रति व्यक्ति क्षमता पुगेको छ । त्यसैगरी मासु ४६६ मेट्रिक टन, अण्डा दुई करोड ६० लाख वटा,दूध तीन हजार आठ सय मेट्रिक टन वार्षिक उत्पादन हुँदै आएको उनले बताए । मासुमा जिल्ला आत्मनिर्भर भैसकेको छ भने बाह्य जिल्लामा निर्यातको प्रयास भैरहेको छ । अण्डा पनि बाह्य जिल्लामा निर्यात हुन थालेको कार्यालय प्रमुख डा।श्रेष्ठले जानकारी दिए ।