सत्यराज आचार्यको सानी सार्वजनिक -भिडियोसहित

बैशाख २,काठमाडौं देव गहतराजको प्रस्तुतिमा सानी र्याँई र्याँई र्याँईू बोलको गीत सार्वजनिक भएको छ।

उनैको लेखन र सङ्गीतसमेत रहेको यस गीतमा प्रसिद्ध गायक तथा सङ्गीतकार सत्यराज आचार्य र अर्की चर्चित गायिका मिलन नेवारले आवाज भरेका छन् ।

नयाँ बर्ष २०७९ का प्रथम दिनको अवसर पारेर यो गीतलाई रिलिज गरिएको छ। यस गीतलाई गोपाल रसाईलीले सङ्गीत संयोजन गरेका हुन् । यसको रेकर्डिङ्ग किरण विक र कमल थापाले गरेका हुन् भने मिक्सिङ्ग अनि मास्टरिङ्ग चाहिँ श्यामश्वेत रसाईलीले गरेका छन् ।

लोकशैलीमा आधारित डान्सिङ प्याटर्नको गीतलाई म्यूजिक भिडियोसहित तयार पारिएको छ। जसलाई चर्चित कोरियोग्राफर कविराज गहतराजले निर्देशन गरेका हुन् ।

चर्चित गायक तथा अभिनेता प्रकाश सपूत र अर्की चर्चित नायिका आँचल शर्माले अभिनय गरेका छन्। सौरभ लामाको छायाङ्कन अनि अर्जुन जिसीको सम्पादन रहेको भिडियोको रङ्ग संयोजन रेनिश फागोले गरेका छन्। भिडियोलाई सत्य(स्वरूप युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।