कृष्ण काफ्ले र अस्मिताको आवाजमा ‘सिंहदरबार झ्यालैमा ऐना’ ( भिडियो )

 

बैशाख १, काठमाडौं  -गायक कृष्ण काफ्ले र गायिका अस्मिता अधिकारीको आवाजमा ’सिंहदरबार झ्यालैमा ऐना’ बोलको गीत सार्वजनिक भएको छ । मोहन थापाको शब्द रचना गीतमा समावेश छ।  गीतको लय सिर्जना गायक काफ्ले स्वयमकै रहेको छ िनरेन्द्र वियोगीको गीतमा एरेन्ज रहेको छ ।

गायक काफ्ले कै निर्देशन रहेको भिडियोमा रोशन केसी र शिल्पा पोख्रेल फिचर्ड छन् िधेरै पहिले सुनिने अथवा पुराना गीतहरूमा प्रयोग हुने खालका शब्द र भाकाहरू राखेर बनाइएको यो गीत मौलिक रहेको छ िगीतको अरेन्जमेन्टमा पहिले र अहिले सुन्दा रुचाइने खालको म्युजिक ट्र्याक सुन्न सकिन्छ ।

सन्कल भुजेलको छायाङ्कन , शिशिर खातीको कोरीयोग्राफी र मनोज कार्कीको सम्पादन रहेको भिडियोलाई गायक काफ्लेकै आधिकारिक युट्युब च्यानलबाट हेर्न सकिन्छ