एएफसी फुटसल एसियन कप – छनोट नेपाल र अफगानिस्तान भिड्दै

चैत २९, एजेन्सी –  एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज मंगलबार अफगानिस्तानको सामना गर्दैछ।

१ः४५ बजे सुरु हुने उक्त खेलमा नेपालले खेलमा अफगानिस्तानको सामना गर्न लागेको हो ।

पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो ।

दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ ले स्तब्ध भएको थियो ।

अफगानिस्तानलाई हराउँदै नेपाल सान्त्वना जित निकाल्ने योजनामा रहेको छ ।