अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानका प्रधानमान्त्रीको आग्रह

चैत्र ९, काठमाडौ – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन ।उनले विश्वका इस्लामिक देशहरुलाई यस्तो आग्रह गरेका हुन। प्रधानमन्त्री खानले विश्वका इस्लामिक देशहरुलाई हाल अफगानिस्तानले सामना गरिरहेका समस्याका बारेमा अध्ययन गर्न आग्रह गरेका हुन ।

उनले हाल अफगानिस्तानले निकै अप्ठेरो परिस्थितिको सामना गरिरहेकाले यस्तो अवस्थामा विश्वका सबै इस्लामिक देशहरुले सहयोग गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे ।‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’ आइसीको विदेश मन्त्रीहरुको ४८ औँ सम्मेलनलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन ।

पाकिस्तानको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार यस सम्मेलनमा विश्वव्यापी तथा क्षेत्रीय राजनीतिक एवं अन्य मुद्दाहरु, एजेण्डामा छलफल भइरहेको छ । त्यस सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री खानले लामो हिंसात्मक द्धन्द्धपछि हाल तालिबान सरकार रहेको अफगानिस्तानमा अहिले नै मानवीय सहायताको खाँचो परेको र यसका लागि सहयोग गर्नु इस्लामिक देशहरुको कर्तव्य पनि भएको बताउनुभएको थियो ।

उनले अगानिस्तानमाथि लगाइएका विभिन्न खालका प्रतिबन्ध तथा नाकाबन्दीहरुलाई हटाउन र यहाँका नागरिकलाई परेको आवश्यकताको खाँचो पूरा गर्न सबै इस्लामिक देशहरु लाग्नका लागि पनि आग्रह गरेका थिए ।