साफ यू–१८ महिला च्याम्पियनसिप – नेपाल र भारतबीच प्रतिस्पर्धा हुने

चैत १, काठमाडौं  – साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल आज मंगलबारबाट भारतको जमसेदपुरमा सुरु हुँदैछ ।

यू–१८ महिला साफको उद्घाटन खेलमा नेपालले आयोजक भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ ।

मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ । शीर्ष टोलीले उपाधि जित्नेछ ।