जीवन र लक्ष्मीको ‘ह्याप्पी एनिभर्सरी’ (भिडियो)

चैत १, काठमाडौं –सुगम पोखरेल र मिलन नेवारको स्वरमा ‘ह्याप्पी एनिभर्सरी’ बोलको गीत इन्टरनेट रिलिज भएको छ । कृष्ण केसीको शब्द रहेको गीतमा लय सिर्जना हरि लम्सालले भरेका छन् ।

बुद्ध थापाको छायांकन रहेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईले गरेका हुन् ।

भिडियोमा अश्विनी बर्देवा, सागर दाहाल, गोपीकृष्ण ढुंगेल र सुष्मा बर्देवाको पनि अभिनय हेर्न सकिन्छ । उक्त भिडियोलाई युट्युब च्यानल आफ्नो मन बाट रिलिज गरिएको हो ।