युट्युब ट्रेन्डिङको पहिलो स्थानमा प्रकाशको ’पिर’

फागुन ३०, काठमाडौं –गायक प्रकाश सपुतको नयाँ गीत युट्युब ट्रेन्डिङमा परेको छ । आफ्नै आधिकारिक युट्युब च्यानल बाट प्रकाशले रिलिज गरेको गीत ‘पिर’ युट्युब ट्रेन्डिङको पहिलो स्थान ओगटेको छ ।

हाल सम्म भिडियोलाई युट्युबमा ३० लाख माथि दर्शकले हेरेका छन् । भने गीतलाई अति नै सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ ।

प्रकाशकै भोकल , शब्द रचना र लय सिर्जना रहेको गीतले राजनीतिमा लागेर आखिर के चाहिँ पाइयो भन्दै विदेश भासिनुको पिडा भिडियोमा देखाएको छ ।