‘मेरो माया’मा सुधीर र सुशीलाको अभिनय (भिडियो)

फागुन २५, काठमाडौं – गायिका मेलिना राई र गायक शान्तिम कोइरालाको आवाजमा ‘मेरो माया‘ सार्वजनिक भएको छ । लक्ष्मी संग्रौलाको शब्द तथा संगीत रहेको गीतको भिडियो भवसागर इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक गरिएको हो ।

निशान घिमिरेको निर्देशन तथा सम्पादन भिडियोमा देख्न सकिन्छ निस्चल पौडेलले भिडियो खिचेका छन् । प्रेमील जोडी बिचको मनोभावलाई गीतमा चित्रण गरिएको छ । सुशीला थापा र सुधीर श्रेष्ठको अभिनय भिडियोमा देख्न सकिन्छ ।