नारी दिवस र यसको औचित्य

किरण पाण्डे

फागुन २४, काठमाडौं – आज ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । नेपालमा पनि यो दिवस २०१६ देखि मनाइदै आइएको छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनलाई विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

नेपालमा यो दिवस २०१६ सालमा प्रधानमन्त्री विपी कोइरालाको पालादेखि मनाउन थालिएको हो । नेपालमा यति लामो समयदेखि यो दिवस मनाइरहदा महिलाहरुले प्रर्याप्त रुपमा आफनो अधिकार पाउन सकेका छैनन् । श्रमजीवी महिलाहरुलाई आत्मसम्मान पाउने अबस्था अझैसम्म पनि छैन । महिलाहरुको न श्रमको मूल्य समान छ न श्रमको सम्मान छ । हिंसामा परेका महिलाहरुले अझै पनि आवाज उठाउन सकेका छैनन् । परिवारको इज्जत र समाजिक परिवेशका महिलाहरुका आवाजहरु दवाइएका छन् ।  महिला मात्रै होइन बालिका समेत यौनिक हिसां भोगिरहेका छन् । कति बालिका दिनदिनै बलात्कृत हुनु परेको छ भने चेलिबेटी बेचबिखनकोे अवस्था पनि उस्तै छ ।यसरी नारी दिवस मनाइरहदा अब हिंसा बिरुद्ध महिलाहरुमा बोल्न आँट भर्न जरुरी छ । महिलाहरु पुरुषको सहारा भन्दा पनि हजारौं पिडितहरुको सहार बन्न आवश्यक छ ।

नारी दिवस दिवसको रुपमा मात्रै मनाएर वास्तविक पिडित महिलाहरुले न्याय पाउन सक्दैनन् । नारीहरुलाई जब यो समाजमा आफ्नो अस्तित्व कायम गर्दै मानवको रुपमा दर्जा दिलाउन सकिदैन तब सम्म नारी दिवस मनाउनुको औचित्य छैन । त्यसकारण नारि दिवसलाई दिवसकै रुपमा नभइ श्रमजीवी नारिको सम्मानित हुने गरि मनाउन पाइयोस ११२ औं अन्तर्राष्ट्रिय श्रमिक नारि दिवसले सकारात्मक दिशा तर्फ धकेल्ने छ भन्दै सम्पूर्ण श्रमजीवी महिलाहरुलाई सम्मान गर्दै सबैलाई शुभकामना।