‘द सिक्रेट अफ राधा’ भदौ २४ मा रिलिज हुने

फागुन १८, – चलचित्र‘दि सेक्रेट्स अफ राधा’ भाद्र २४ मा रिलिज हुने भएको छ । मंगलवार निर्माण टिमले आगामी भदौ २४ गतेलाई प्रदर्शन गर्ने घोषणा गरेको हो ।

सुवर्ण थापाको निर्देशनमा तयार भएको यो चलचित्रलाई सौगातको आदि योगी भिजन र सुवर्णको ब्यानरको संयुक्त प्रस्तुतिमा निर्माण गरिएको हो ।

चलचित्रमा सौगात मल्ल, खगेन्द्र लामिछाने, सृष्टि श्रेष्ठ, मेनुका प्रधानको मुख्य भूमिका रहेको छ िचलचित्रमा सृष्टि टाइटल क्यारेक्टरमा छिन् ।