‘खोजे मैले मायालाई’ मा अस्मिता जुरेलीको स्वर (भिडियो)

फागुन ८, काठमाडौं – टंक बुढाथोकी युट्युब च्यानलबाट ’खोजे मैले मायालाई’ बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ ।

समीर मियाँको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोको गीतमा अस्मिता जुरेलीको स्वर रहेको छ भने अस्मिता स्वयंले भिडियोमा अभिनय गरेकी छन् ।

कोय दिलिपको शब्द तथा संगीत रहेको गीतका प्रोडक्सन डिजाइनर रामजी रावत हुन् । भिडियोमा निर्देशक मियाँको कलर तथा भिएफएक्स, बबिन थापा मगरको छायांकन र बन्दे प्रसादको सम्पादन छ ।